Logo

मुस्ताङमा पनि देखियो कोरोना



Spread the love

७ असार, पोखरा – गण्डकी प्रदेशमा शनिबार मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । हालसम्म प्रदेशमा सङ्क्रमित ४८८ जना पुगेका छन् । यससँगै हिमालपारिको जिल्ला मुस्ताङमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका अन्य १० जिल्ला सङ्क्रमण देखिँदा मुस्ताङमा देखिएको थिएन ।

मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा २९, तनहुँमा दुई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र मुस्ताङमा एकजना छन् । यसअघि बिहान कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बाग्लुङमा गरी ५८ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८८ पुगेको छ । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा १०३, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ७०, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एकजना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एकजना सङ्क्रमितको भने मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्