Logo

सुदूरपश्चिम प्रदेशमा थपिए १६१ जना कोरोना संक्रमित



Spread the love

एजेन्सी। सुदूरपश्चिम प्रदेशमा १६१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । योसगै सक्रिय संक्रमितको संख्या ७९३ पुगेको छ ।

संक्रमितहरु कैलालीका २३ पुरुष र २ महिला, कञ्चनपुरका १ पुरुष, अछामका २ पुरुष, बैतडीका १९ पुरुष र १ महिला, डडेल्धुराका ३० पुरुष र ९ महिला रहेका छन् । त्यस्तै, डोटीका ५९ पुरुष र १३ महिला र बझाङ्गका २ पुरुष गरी जम्मा १६१ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्