Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, एसियाको १ नम्बर सुचिमा



Spread the love

८ असार, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पुनः बढेको छ ।

भारतमा बितेको २४ घण्टामा ४ सय २६ जनाले ज्यान गुमाएका छन् भने १५ हजार १ सय बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई २१ तारिखमा मात्रै भारतमा ३ सय ७ जनाले कोरोनाको कारण कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या केही बढेको हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा ४ लाख २६ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १३ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ । २ लाख ३७ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्