Logo

ओखलढुङ्गामा पनि देखियो कोरोना



Spread the love

८ असार, ओखलढुङ्गा – ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।

आइतबार पिसिआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्