Logo

पार्कमा छुरा प्रहार, तीन जनाको मृत्यु



Spread the love

८ असार, एजेन्सी – बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतंकवादी हो वा होइन भन्ने बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

थेम्स भ्याली प्रहरीले एक जना २५ वर्षका व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अरु थप आक्रमणको सम्भावना नरहेको र स्थानीयबासीलाई नआत्तिन आग्रह गरेको छ ।

गुप्तचर विभाग प्रमुख इयान हन्टरले उक्त आक्रमणको भित्री कारणबारे अनुसन्धान भइरहेको जानकारी दिँदै प्रतिआतंकवादी इकाईका गुप्तचरहरुले अनुसन्धान कार्यमा सहयोग गरिरहेको बताए ।

बेलायती संचार माध्यमहरुले उक्त घटना आतंकवादी प्रकृतिको देखिएको र पक्राउ परेका व्यक्ति लिबियाली नागरिक रहेको पुष्टि गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले रिडिङमा भएको घटनाबाट पीडितका परिवारप्रति आफूले गहिरो दुःख प्रकट गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्