Logo

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, संक्रमित सङ्ख्या ५४०



Spread the love

८ असार, पोखरा। सोमबार गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ ।

स्याङजाको अर्जुन चौपारी गाँउपालिकामा आठ जना पुरुष दुई महिला र कालीगण्डकी गाँउपालिकामा दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको छ भने नवलपरासी पूर्वको बौद्धकाली गाँउपालिकामा पनि आठ जना पुरुष संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

अहिलेसम्म प्रदेशभर ४९ जना बिरामी निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्