Logo

सिरी ‘ए’ – लुकाकु र मार्टिनजेको गोलमा मिलानको जित



Spread the love

एजेन्स। इटालियन सिरी ‘ए’ मा साम्पडोरियनामाथि इन्टर मिलानले जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा इन्टर मिलानले साम्पडोरियामाथि २–१ को जित निकालेको हो ।

इन्टरको जितमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजले गोल गरे । साम्पडोरियाका मोर्टेन थोर्सवीले सान्त्वना गोल फर्काए ।

जितसँगै तेस्रो स्थानमा रहेको इन्टरको २६ खेलबाट ५७ अंक पुगेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ को अर्काे खेलमा एटलान्टाले ससुलोमाथि ४–१ को फराकिलो जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्