Logo

भारतमा नयाँ संक्रमित भन्दा कोरोनामुक्त हुने अत्याधिक बढी



Spread the love

एजेन्सी । कोरोनाभाइरसबाट भारतमा चार लाख २५ हजार संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ८२१ जना नयाँ सङ्क्रमित थपिएको भारतीय अधिकारीहरुले जनाएको छ ।

कोरोनाभाइरसको सङ्क्रमणबाट सोमबार बिहानसम्म १३ हजार ६९९ जनाको मृत्यु भएको छ । दुई लाख ३७ हजार १९६ जना निको भई घर फर्केको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी महाराष्ट्रमा एक लाख ३२ हजार ७५ जना सङ्क्रमित रहेकोमा ६० हजार १६१ जना अझै बिरामी छन् । ६५ हजार ७४४ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्