Logo

पहिलो चरणमा वामगठबन्धनले कति सिट जित्छ ?



Spread the love

मंसिर १२, काठमाडौँ

मंसिर १०  गते भएको पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई मत खसेको नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँकलन गरेको बताएका छन् ।

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा निर्वाचन सकिएपछि दुई अध्यक्षबीच मंगलबार भएको टेलिफोन कुराकानीमा दुबैले सो आँकलन गरेको माओवादी अध्यक्ष प्रचण्डले बताए । मंगलबार बिहान चितवनको मेघौलीमा चुनावी कोणसभालाई सम्बोधन गर्दै पहिला चरणको निर्वाचमा गठबन्धनलाई अत्याधिक मत खसेको भन्दै प्रचण्डले दास्रो चरणको निर्वाचनमा पनि दुइृ तिहाई मत खस्ने दाबी गरे । ‘आज बिहान कमरेड केपी ओलीसँग मेरो झण्डै आधा घण्टा टेलिफोनमा कुराकानी भएको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘हामीले पहिलो चरणमा दुई तिहाई मत प्राप्त भएको विश्लेषण गरेका छौं र आगामी निर्वाचनमा पनि यहि परिणामलाई कायम राख्नतर्फ हाम्रो प्रयत्न हुनेछ।’

आइतबार सम्पन्न ३२ जिल्लाका मतदाताले दिएको मत अहिले बन्द बाकसमा जिल्ला सदरमुकाममा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्