Logo

यी राम्रा बानी जसले तपाईलाई सफलताको बाटोमा पुर्‍याउँछ !



Spread the love

हरेक व्यक्तिका केही राम्रा अनि केही नराम्रा बानी हुने गर्छ । त्यसैले उसलाई जीवनमा अघि बढ्न वा पछाडि हट्न प्रेरित गर्छ । जीवनमा सफलता पाउनका लागि कठिन परिश्रमका साथसाथै राम्रा बानी पनि विकसित गर्नु आवश्यक छ ।
सधैं गम्भीर हुनुभन्दा हाँस्नु र मुस्कुराउनु राम्रो बानी हो । यसले तपाईं निराशा र तनावबाट बचाउँछ ।
जिन्दगी भनेको सधैंको सिकाइ हो । सिक्नलाई कहिल्यै अल्छी नगर्नुस् । प्रत्येक चुनौती स्वीकार गर्नुस् ।
बहाना बनाएर काम टार्ने नगर्नुस् । यसरी काम टार्ने बानी बन्दा सफलता तपाईंबाट टाढा भाग्छ ।
तपाईंसँग भएको कुरामा नै खुशी हुन सिक्नुस् ।
संगीत सुन्ने बानी बसाउनुस् । संगीतले तपाईंलाई ऊर्जा दिन्छ र तपाईं तनावबाट मुक्त हुनुहुन्छ ।
खानामा कहिल्यै लापरवाही नगर्नुस् । समयमा उचित खाना नखाँदा बिरामी परिन्छ ।
नयाँ मान्छेसँग भेट्ने लगायतका जुनसुकै भएपनि बानी बनाउनुस् । यसले गर्दा तपाईंको मन काममा लाग्छ ।
स्मार्टफोन घरिघरि नखोल्नुस् । मानिसहरूसँग भेटघाट हुँदा फोन चेक गर्न नथाल्नुस् । त्यसो गर्दा उनीहरूले अपमान गरेको ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्