Logo

गण्डकी प्रदेशमा संक्रमितको संख्या ७२९



Spread the love

१० असार, पोखरा। गण्डकी प्रदेशमा ३२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण अनुसार बाग्लुङमा ९ ,स्याङ्जामा ७, लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखा १ जना, नवलपुरमा ३ र तनहुँ १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्