Logo

ऋचा शर्माको ‘चलचित्र टीभी’ सञ्चालनमा



Spread the love

असार १०, काठमाडौं । नायिका ऋचा शर्माले ‘चलचित्र टीभी’ सञ्चालनमा ल्याएकी छिन् । प्रस्तुत एपबाट दर्शकहरुले निश्चित शुल्क तिरेर नेपाली चलचित्र हेर्न पाउने छन् ।

ऋचाले नेपाली चलचित्रहरुलाई डिजिटल प्लेटफर्ममार्फत् दर्शकहरुलाई मनोरञ्जन दिनको लागि प्रस्तुत एप सञ्चालनमा ल्याएकी हुन् ।

चलचित्र टीभी आज सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकहरुले मोबाइलमा राख्न मिल्नेछ ।

ऋचा र उनका अमेरिकामा रहेका साथीहरुसँग मिलेर चलचित्र टिभी एप सार्वजनिक गरिएको हो । उनले छ माया छपक्कै र छक्का पन्जा ३ को एप राइट पनि किनिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्