Logo

बलिउड पहिलाजस्तो रहेन– शेखर कपुर



Spread the love

एजेन्सी । बलिउड विश्वका प्रख्यात फिल्म इण्डस्ट्रीमध्येको एक हो । हर साल यहाँ १८०० सयभन्दा धेरै फिल्मको निर्माण हुने गर्दछ । हर साल नयाँ कलाकारहरु फिल्म इण्डस्ट्रीमा आफ्नो करिअर बनाउँछन् । सबैलाई मनोरञ्जन दिलाउने बलिउडको क्यामेरका पछि एउटा अँध्यारो देखिएको छ । जसले बलिउडलाई झुकाएको छ ।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडमा पुनः एकपटक नेपोटिजमको बहस सुरु भएको छ । सुशान्तसिंहका समर्थकहरु सामाजिक सञ्जालको माध्यमबाट करण जोहर, सलमान खान र संजय लीली भंसाली र आदित्य चोपडाको चलचित्र बहिष्कार गर्ने बताएका छन् ।

यसै क्रममा फिल्म निर्देशक शेखर कपुरले केही कुरा बताएका छन् जसले सोच्नको लागि बाध्य बनाएको छ ।

उनले लेखेका छन्, ‘बलिउड के थियो ? बलिउड यस्तो सिस्टम थियो जसमा केही मानिस हर साता सिनेमाघर प्रचार र कलाकारको एकाधिकार प्रयोग गरी १०० करोड रुपैयाँभन्दा धेरै कमाउँथे । मलाइ लाग्थ्यो कि बलिउडको मतलब फिल्मको लागि थियो । यो किन मर्यो ? भाइरसले सिनेमाघरको व्यापारलाई मारिदियो ।’

‘समयसँगै बलिउडमा धेरै परिवर्तन भएको छ । पहिलाजस्तो बलिउड रहेन । ’ उनले थपे ।

शेखरका अनुसार फिल्म पानी बन्द भएपछि सुशान्तसिंह निकै रोएका थिए । शेखर र सुशान्त केही वर्षदेखि यस फिल्ममा काम गरिरहेका थिए । उनलाई थाहा थियो कि सुशान्तको यो अवस्था कसले बनाएको हो भनेर । तर, उनले कसैको पनि नाम भनेनन् । शेखरले यहाँभन्दा बढी भन्नु भनेको सिस्टमलाई तल गिराउनु हो भनी प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्