Logo

प्रदेश १ मा कोरोनालाई जितेर ७० जना घर फर्किए



Spread the love

११ असार, विराटनगर । प्रदेश नम्बर १ बाट कोरोनालाई परास्त गरेर बिहीबार ७० जना डिस्चार्ज भएका छन् ।

कोरोनालाई जितेर डिस्चार्ज हुनेहरूमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका एक–एक जना छन् । उनीहरू जेठ २५ देखि ३० गतेसम्म आइसोलेसनमा भर्ना भएका थिए ।

डिस्चार्ज हुनेमा १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । योसंगै प्रदेश १ मा निको भएर डिस्चार्ज हुनेको संख्या ३५५ पुगेको छ । ।

प्रतिक्रिया दिनुहोस्