Logo

इस्माले बनायो ३२ बेडको आइसोलेशन कक्ष



Spread the love

११ असार, गुल्मी – कोभिड १९ संक्रमणका बिरामीहरु बढदै जान थालेपछि गुल्मीको इस्मा गाउँपालिकाले ३२ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ ।


गाउँपालिकाको वडा नम्बर पाँच स्थित कुमारी निम्न माध्यामिक विद्यालयमा आइसोलेशन कक्षको निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले सल्लेरी खबरलाई बताइन् ।
पछिल्लो समय इस्मा गाउँपालिकामा कोभिड १९ का बिरामीको संख्या ह्वात्तै बढेपछि गाउँपालिकाले सावधानी अपनाउँदै आँफैले आइसोलेशन बेड निर्माण गरेको जानकारी दिइएको छ । बिरामीको अवस्था अनुसार आइसोलेशन कक्षमा राख्ने उपाध्यक्ष खत्रीले उल्लेख गरेकी छन् ।

आफ्ना नागरिकलाई आफ्नै स्थानीय तहमा राख्ने र बाहिर नपठाउने उद्देश्यले आईसोलेशन बेड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले बताए । केहि दिन अघि पिसिआर रिपोर्ट पोजेटिभ देखिएकालाई सदरमुकाम तम्घासका आइसोलेशनमा राख्ने निर्णय गरिएता पनि सदरमुकामले चासो नदिएको स्थानीय तहका प्रमुखहरुको गुनासो रहेको छ ।

हाल इस्मा गाउँपालिकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने जिल्ला भर २४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ति मध्ये २४ जनाले कोरोना जितेर घर फर्किएका छन् भने तीन जनाको ज्यान गएको छ ।

सुरक्षा निकायको चासो

इस्मा गाउँपालिकाले निर्माण गरेको आइसोलेसन कक्षप्रति सुरक्षा निकायले चासो देखाएको छ । पछिल्लो समय पिसिआर पोजेटिभ देखिएका नागरिकहरु क्वारेन्टाइन तथा आइसोलेअशनबाट भाग्ने प्रयास गर्ने तथा भनेको नमान्ने गरेको भन्ने गुनासो बाहिर आएपछि सुरक्षा निकायले चासो देखाएको हो ।

नेपाली सेना गुल्मीका प्रमुख भुपेन्द्र गुरुङ , राष्ट्रिय अनुसन्धान गुल्मीका प्रमुख दिग्मर गिरि , सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख बिनोद खनाल , जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावल सहितको टोलीले अनुगमन तथा उनिहरुलाई आवश्यक निर्देशन दिएको छ ।

गाउँपालिकाको नीति तथा नियममा बस्न निर्देशन दिइएको र आवश्यक परे कानुनी कारबाही गर्ने सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख बिनोद खनालले सल्लेरी खबरलाई जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्