Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

१२ असार, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा ४ सय १ जनाले ज्यान गुमाएका छन् भने १८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुन २५ तारिखमा मात्रै भारतमा ४ सय २४ जनाले कोरोनाको कारण कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या केही घटेको हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा ४ लाख ९१ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १५ हजार ३ सय ८ जनाको मृत्यु भइसकेको छ । २ लाख ८५ हजार उपचारपछि निको भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टमा भेटिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस्