Logo

७० जना कोरोना सङ्क्रमित निको भएर घर फर्के



Spread the love

१२ असार, विराटनगर – प्रदेश नं. १ बाट बिहीबार ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक÷एक जना छन् । बिहीबार डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डीन डा शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरे ।

प्रदेश नं. १ बाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या ३५५ पुगेको छ भने यो प्रदेशमा बिहीबार सात जना सङ्क्रमित थपिएका छन् । तीमध्ये मोरङका एक, सुनसरीका दुई र झापाका चार जना छन् । प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्