Logo

८६ केजी गाँजासहित वडाध्यक्ष घरबाटै पक्राउ



Spread the love

असार १२, गुल्मी । बाग्लुङका वडाध्यक्ष गाँजासहित पक्राउ परेका छन् । बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई उनको घरबाट ८६ केजी ५०० ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङकाका एसपी सारदाप्रसाद चौधरीले सल्लेरी खबरलाई जानकारी दिए ।

गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङले आज बिहान पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । घर्ती नेपाली काङ्ग्रेस निकटका वडा अध्यक्ष रहेको बताईएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्