Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

एउटी चरीकाे चिरीबिरी



–लक्ष्मीप्रसाद देवकाेटा

म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसें । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो ।

भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त इनाम जत्तिको मीठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ । नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी निक्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुझ्न थाले – जल किन कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द अनुभव गर्न लागें – जसलाई भाषा हुँदो रहेनछ ।

दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरु उठेका छन् – कतै हरिया, कतै साङ्ग्रा कतै बाक्ला वनले ढाकिएका । मनेरको रुखमा एउटा चरा मीठोसँग बोल्दछ ।

संसारमा अरु चीज त्यतिको मीठो बोल्दैनन्, जत्तिको त्यो भुवादार फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौं । बुझिने भाषा मानेदार सीमा नाघ्न सक्तैनन्, नअर्थिने शब्दहरुको माधुर्य प्रकाशन होइनसक्नासाथ भावको देशबाट निक्लन्छ । बुझ्नेलाई आखिरमा निरर्अक केही छैन । यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन । हामी सधैं ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता आग्रह्य सूचनाहरु आउँछन्; बुझिएला बुझिएला भनेजस्तो लाग्दछ तर बुझ्नाको र बुझाउनाको पार भाव बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको शब्द सुनें मैले बुझें– चराहरुलाई किन भाषा दिइएको थियो । मेरो ओठबाट त्यस्तो ध्वनी निस्कन असभ्व थियो, म त्यसको नक्कल गर्न सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थे, मेरा शब्दहरु साना संकुचित सीमाभित्र निक्लन्थेः, तिनमा त्यो प्राकृत जादू हुँदैनथ्यो – यो विशालको टुना, जो त्यसको थर्कदो पातले चरिजिभ्रोबाट ध्वनी भएर निक्लथ्यो, मेरो खोस्रो छातीमा भावनासम्म दिइएको थियो । म चरो हुन्थें बरु ! केही महिना मिहिनाउन त पाउँथें ! यो विवेक बहसपूर्ण वस्तुभेदी बोलीभन्दा मलाई त्यो मीठो लाग्यो ! मानौं त्यहाँ पहाडहरु जम्मै मिलेर मुटुबाट ध्वनि बन्थे ! मानौं विशालको अविदित भाषा त्यसको कण्ठ थियो । त्यो बोल्थी त्यस आत्म्रकाशनको ऐडीले – जो सिर्जनाको आनन्दमा उठ्तछ ।

मलाई कहिले–कहिले यस्तो लाग्दछ कि माटाको पूर्णता फूल हो र फूलको पूर्णता चरा हो ! फूलहरु बोल्न खोज्दछन् तर शब्द निक्लँदैन; म सूचनाको नितनको भाषा टिप्तछु । तर चराहरुमा रङ पनि हुन्छ, कोमलता पनि; त्यसउपर तिनीहरु स्पष्ट बोल्दछन् । हृदयको उद्गार गर्ने शक्ति चरामा देखिन्छ । मानौं सिर्जनाको सुख जीवनको माधुर्य लिएर कुर्लिन्छ । चरी जीवनको हरियो कुञ्जमय रहस्य रञ्जित अनुभूति सुरिलो बनेर भावुक केन्द्रबाट उद्गारित हुन्छ– भेषाको टुनादार माधुर्यमा मानौं स्रष्टाको प्रेम विभिन्न चातुरीमा अनेक बनेर एक जीवनको जीवन आस्वादनको कृतज्ञता प्रकाशक मधुरध्वनि सुन्न चाहन्छ । मलाई यस्तो–यस्तो लाग्दछ कि जीवन भनेको विशालको आस्वादन हो; पूर्णको भाव हो, विश्वको समष्टिरुपको केन्द्रीभूत चैतन्य हो । यसैकारण दृश्यजगत् उसको ध्वनिमा कुर्लेर आउँछ; मेरो जीवन सहानुभूतिको भावले अनुस्पन्दन पाएर आफ्ना आभ्यन्तरिक अनुभवहरु खोज्न कान थापेर अघि सर्दछ ।

म त्यस्तै सानो कुञ्जमा बास गर्दथें, मेरो हरियो रानीवन रमाईलो थियो, म त्यसैलाई रोजेर प्रकृतिमा गुँड बनाएर बसेको थिएँ । मलाई तिनै आकाशमा उड्न मन लाग्दथ्यो, जहाँ त्यस चरीले उषाँसँग दिन–दिनका सुनौला रहस्यहरु सोध्न जान्थी । त्यही कलकले जलले मेरो आँत रमाउँथ्यो, जहाँ त्यो चरी चुच्चो डुबाउँथी । तिनै पहाडहरुको मोहनीले मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली मट्टीबाट बनेको सानी मुर्तिले त्यही नेपालानुरागी भावुक हृद्यय लिएर आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उठ्थी, गाउँथी जस्तो म गर्न चाहन्थें । मेरो भाषा त्यहींबाट निक्लथ्यो, जहाँबाट यसले यो मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरुमा त्यो माधुर्य थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो, अविश्वाश र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी थियो, जो विश्वाश जस्तो सुरिलो छ ।

प्रतिक्रिया दिनुहोस्