Logo

बुटबलमा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु



Spread the love

असार १३, काठमाडौं । बुटबल १० रामनगरमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुई युवाको ज्यान गएको छ ।

दुर्घटनामा २१ वर्षीय सुशिल कुँवर र २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो । दुबैजना रुपन्देही जिल्लाका बासिन्दा हुन् ।

रामनगरमा बिग्रिएर राखिएको ट्रकमा सुशिल र रोशन सवार भएको सामान ढुवानी गर्ने गाडी ठोक्किएको थियो । घाइते युवाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्