Logo

बार्सिलोना फेरी उक्लियो लिगको शीर्ष स्थानमा



Spread the love

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।शनिबार भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर, स्मोलोभ र इयागो आसपसले एक-एक गाेल गरे ।

सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियलको ६८ अंक रहेको छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले अलाभेजलाई पराजित गर्दै शीर्ष चारमा पकड बनाएको छ । घरेलु मैदानमा एट्लेटिकोले अलाभेजलाई २-१ ले पराजित गरेको हो ।

कोरोनाभाइरस महामारीपछि फेरि सुरु भएको लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लेटिकोले शीर्ष चारमा पर्दै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्