Logo

तरुण दल गुल्मी र नेविसंघको पहलमा स्वास्थ्यकर्मीलाई पिपिई प्रदान



Spread the love

१४ असार, गुल्मी। नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण र नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) गुल्मीको पहलमा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई पिपिई प्रदान गरिएको छ ।

नेपाली काङ्ग्रेस गुल्मी काठमाडौँ सम्पर्क समिति अन्तर्गत विपद् व्यवस्थापन समितिले १० सेट पिपिई उपलब्ध गराएको नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले जानकारी दिए । कोरोनाको महामारी नियन्त्रणको लागि अग्र भागमा रहेर काम गर्न स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै पिपिई हस्तान्तरण गरिएको बताइएको छ ।

आइतबार एक कार्यक्रमबिच नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीसहितको टोलीले जिल्ला अस्पताल गुल्मीका प्रमुख डाक्टर उत्तम पच्यालाई १० सेट पिपिई प्रदान गरेको छ । पिपिई ग्रहण गर्दै डाक्टर पच्याले नेपाल तरुण दल र नेविसंघ गुल्मीलाई धन्यवाद दिएका छन् । साथै,विपद्को समयमा स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराउने नेपाली काङ्ग्रेस गुल्मी काठमाडौँ सम्पर्क समिति प्रति पनि उनले आभार व्यक्त गरे।यता तरुण दल गुल्मीका अध्यक्ष भलामीले पनि नेपाली काङ्ग्रेस गुल्मी काठमाडौँ सम्पर्कलाई धन्यवाद दिएका छन् । आफूहरूले पहल मात्र गरेको र सबै कार्य उक्त समितिले गरेको उल्लेख गरे ।

नेपाली काङ्ग्रेस गुल्मी काठमाडौँ सम्पर्क समिति अन्तर्गत विपद व्यवस्थापन समितिका संयोजक योगराज कँडेलको सक्रियतामा यस अघि पनि स्वास्थ्य सामाग्री गुल्मीमा हस्तान्तरण गरिएको थियो ।

जिल्लामा कार्यरत पत्रकारलाई ३५ सेट पिपिई, सुरक्षा कर्मीलाई ३९ सेट पिपिई उपलब्ध गराइएको नेपाली काङ्ग्रेस गुल्मीले जानकारी दिएको छ । त्यस्तै,जिल्लाका केही स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई पिपिईसहित स्वास्थ्य सामाग्री समेत प्रदान गरिएको छ । जसमध्ये रुरु गाउँपालिकाका स्वास्थ्यकर्मीलाई तिन सेट पिपिई तथा छत्रकोट कालीगण्डकी र सत्यवती गाउँपालिका स्वास्थ्यकर्मीलाई चार/चार सेट पिपिईसहित स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्