Logo

कोरोनालाई जितेर पर्सामा १५४ जना घर फर्किए



Spread the love

१४ वैशाख, वीरगञ्ज। आइतबार २१ जना र शनिबार सात जना गरी दुई दिनमा २८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । गत चैत २९ गते वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना पुष्टि भएसँगै हालसम्म १६० जना सङ्क्रमित भएकोमा १५४ जनाले कोरोना जितेका हुन् ।

सङ्क्रमितहरू अधिकांश रोजगारीका सिलसिलामा भारतबाट फर्किएकाहरू रहेको वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्