Logo

साम्राज्ञीको अभिव्यक्तिमा भुवन केसीको प्रतिक्रियाः जुन थालमा खायो त्यहीं थालमा दुलो पार्ने ?



Spread the love

असार १५, काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहको अभिव्यक्तिमा जुन थालमा खायो त्यहीं थालमा दुलो पार्ने भनी प्रतिक्रिया दिएका छन् ।

भुवन केसीले फेसबुकमा स्टाटस लेख्दै साम्राज्ञीलाई प्रतिक्रिया दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइ कराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यहीं थालमा दुलो पार्ने ? सामाजिक सञ्जालमा गर्ने बराबरको अभिनय फिल्ममा पनि गरे हुने नि !’

केही दिन अगाडि अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा भिडियो राख्दै आफूमाथि निकै दुर्व्यवहार भएको बताएकी थिइन् । सोही अभिव्यक्तिलाई प्रतिक्रियास्वरुप भुवन केसीले जुन थालमा खायो त्यहीं थालमा दुलो पार्ने भनेका हुन् ।

साम्राज्ञीलाई कलिउडमा ल्याउने काम भुवन केसीले गरेका थिए । भुवन केसीले निर्माण गरेको चलचित्र ड्रिम्सबाट उनले डेब्यू गरेकी थिइन् । साम्राज्ञीले चारवटा चलचित्रमा काम गरिसकेकी छिन् ।

भुवन केसीकाे फेसबुक स्टाटस

साम्राज्ञीकाे अभिव्यक्ति

https://www.instagram.com/tv/CB41ZbwnEG4/

प्रतिक्रिया दिनुहोस्