Logo

गुल्मीमा ट्याक्टर दुर्घटना एक मृत्यु एक घाइते



Spread the love
ट्याक्टर दुर्घटना हुँदा सहचालकको ...
संकेतिक तस्बिर

१५ असार, गुल्मी। गुल्मीमा ट्याक्टर अनियंत्रित भैइ दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन ।

सिमलटारीबाट छल्दितर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको ट्रक्टर इस्मा गाउँपालिका वडा नम्बर दुई स्थिति स्याला भन्ने स्थानमा अनियन्त्रित भई बाटोबाट अन्दाजी २५/३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख बिनोद खनालले सल्लेरी खबरलाई बताए ।

ट्यक्टरका चालक रेसुङ्गा नगरपालिका -१० वस्ने वर्ष २५ का विष्णु परियार घाईते भई उपचारका लागि पाल्पातर्फ लगिएको छ भने उक्त ट्याक्टरमा सवार गुल्मीदरबार गा.पा.-०६ वस्ने अन्दाजी वर्ष १३ का विकास परियारको ज्यान गएको छ ।

खोलामा बेपत्ता भएका उनलाई सशस्त्र प्रहरी बल, नेपाल नं.३७ गुल्म गुल्मीबाट स.प्र.नि. कमलेश कुमार महतोको टोलीले छल्दीपना खोलाभित्र पानीमुनी ट्याक्टरको चक्कामुनि मृत अवस्थामा फेला पारेको र शव निकाले बताईएको छ । खोलामा पानीको सतह बढेका कारण उद्दार गर्न असहज र जोखिम रहेको डिएसपी खनालले उल्लेख गरे । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्