Logo

गुल्मीमा अवैध काठसहित ट्याक्टर पक्राउ



Spread the love


असार १५, गुल्मी । गुल्मीमा अवैध काठसहित टयाक्टर पक्राउ परेको छ । सोमबार जिल्लाको रुरु क्षेत्र गाँउपालिका वडा नम्वर एकबाट रिडी बजार ल्याइंदै गरिएकाे साल गोलिया नामक ३५ थान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

आइतबार साँझ लु ४ त १३७१ नम्वरको ट्याक्टरबाट ६४/२६ क्यु फिटको ३५ थान सालको काठ बरामद गरिएको हो ।

सोही वडाका वर्ष २२ का ट्याक्टर चालक इश्वरी विक र टाक्टरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय रिडीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्