Logo

उसु खेलाडी वीरमानको अन्त्येष्टि



Spread the love

१६ असार, काठमाडाैँ – उसु खेलाडी वीरमान वाइबाको सोमबार अन्त्येष्टि गरिएको छ । उनको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ ।

अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा राखिएको थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

नेपाली सेनामा आबद्ध उनलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो । वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोकस्थित उनकै निवासमा २७ वर्षको उमेरमा निधन भएको थियो । वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालबाट सहभागिता जनाएका थिए । उनि राखेप च्याम्पियनसिपको पदक विजेतासमेत थिए । शुरुआतमा वाइबा क्योकुसिन कराते खेल्थे ।

प्रतिक्रिया दिनुहोस्