Logo

बङ्गलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु



Spread the love

१६ असार, एजेन्सी – बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।

उनको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९ : ३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।

उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

अवस्थामा सुधार नआएपछि उनलाई जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए ।

बङ्गलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ७३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्