Logo

सुदूरपश्चिम प्रदेशमा थपिए ९४ जना कोरोना संक्रमित



Spread the love

१६ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसंगै संक्रमित संख्या १ हजार ९७२ पुगेको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

यसअघि नै ३ सय ८८ संक्रमित निको भइ घर गईसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्