Logo

भारतले ६ महिनामा गुमायो ४६ सेलिब्रेटी



Spread the love

एजेन्सी । २०२० साल आधा बितिसकेको छ । २०२० सालमा नराम्रा घटनाहरु घटिरहेका छन् । खासगरी भारतीय इन्टरटेनमेन्ट इण्डस्ट्रीको लागि यो साल निकै खराब रहेको छ । ६ महिनामा यस उद्योगले ४६ जना सेलिब्रेट्री गुमाइसकेको छ ।

कसैले आत्महत्या गरी ज्यान दिएका छन् भने त कसैले बिरामीका कारण । आउनुहोस् जानौँ, ६ महिनामा उद्योगले गुमाएका सेलिब्रेटी कोको रहेछन्

१.सुशान्तसिंह राजपूत
१४ जुनमा बलिउडका अभिनेता सुशान्तसिंह राजपूतले आफ्नो अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे ।

२.चिरञ्जिवी सर्जा
कन्नडका कलाकार चिरञ्जिवीको ३९ वर्षको उमेरमा हृदयघातको कारणले मृत्यु भयो ।

३.वाजिद खान
भारतका नामुद संगीतकार वाजिद खानको ४७ वर्षको उमेरमा हृदयघातको कारण ज्यान गयो ।

४.मेबिना माइकल
रियालिटी टेलिभिजन सोकी विजेता मेबिना माइकलको २२ वर्षको उमेरमा दुर्घटनामा मृत्यु भएको थियो ।

५.प्रेक्षा मेहता
क्राइम पेट्रोलकी कलाकार प्रेक्षा मेहताले मे महिनामा आत्महत्या गरेकी थिइन् । उनी जम्मा २५ वर्षकी थिइन् ।

६. ऋषि कपुर
ब्लिउडका दिग्गज कलाकार ऋषि कपुरको ३० अप्रिलमा क्यान्सरको कारण मृत्यु भएको थियो ।

७.इर्फान खान
बलिउडका लिजेन्ड इर्फान खान ऋषि कपुरको मृत्यु हुनुभन्दा एकदिन पहिला भएको थियो । उनलाई २ वर्षअगाडि न्यूरोइन्डोक्राइन ट्युमर भएको थियो ।

८.डाक्टर सेतुरमन
तमिल कलाकार तथा छाला रोग विशेषज्ञ सेतुरामको ३६ वर्षको उमेरमा हृदयघातको कारणले मृत्यु भएको थियो ।

९. निम्मी
बलिउडकी लिजेन्डरी कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन भयो । उनी केही समयदेखि बिरामी थिइन्

१०.वेन्डेल राड्रिक्स
गएको फेब्रुअरीमा डिजाइन वेन्डेल राड्रिक्सको ५९ वर्षको उमेरमा ज्यान गयो । उनलाई सन् २०१३ मा पद्यश्री पुरस्कारले सम्मानित गरिएको थियो ।

११.सेजल शर्मा
दिल तो ह्याप्पी है जीकी कलाकार सेजल शर्माले जनवरीमा आत्मत्या गरेकी थिइन् ।

१२. याेगेश गाैडले

योगेश गौडले मेमा ७७ वर्षको उमेरमा मृत्यु भएको थियो । उनी लिरिसिस्ट थिए ।

१३.मोहित बघेल
सलमान खान अभिनित चलचित्र रेडीमा देखिएका मोहित बघेलको मे महिनामा मृत्यु भयो । उनी क्यान्सरबाट गुज्रिरहेका थिए ।

१४.मनमित ग्रेवालले मार्चमा आत्महत्या गरेका थिए । उनी जम्मा ३२ वर्षका थिए ।

१५.सचिन कुमार
कहानी घर घर कीमा अभिनय गरिसकेका सचिनको मृत्यु मे महिनामा हृदयघातको कारण निधन भयो ।

१६.सइ गुण्डेवर
रक अन, पीके र बजारजस्ता फिल्ममा काम गरेका कलाकार सइ गुण्डेवरको मे महिनामा क्यान्सरबाट निधन भयो । उनी ४२ वर्षका थिए ।

१७.शफीक अंसारी
क्राइम पेट्रोलमा काम गरिसकेका शफीक अंसारीको १० मेको दिनमा निधन भएको थियो । उनी क्यान्सरबाट पीडित थिए

१८.त्रिदिब घोष
नाट्यकर्मी त्रिदिब जुनमा हृदयघातको कारणले ज्यान गुमाए । उनको ६८ सालको उमेरमा ज्यान गएको थियो ।

१९.इम्तियाज खान
कलाकार इम्तियाज अलिले मार्च महिनामा ज्यान गुमाएका थिए । उनले यादो की बारात र नूरजहां जस्ता फिल्ममा काम गरेका थिए ।

२०.सोनम शेर्पा
भारतको प्रख्यात ब्यान्ड परिक्रमाका लिड गितारिस्ट सोनम शेर्पाको फेब्रुअरीमा देह त्याग गरेका थिए ।

अरु कलाकारहरु

गोपालकृष्णनन
जमिला मलिक
जोन कोट्टोली
एएल राघवन
के आर सच्चिदानन्द
कुलाथुर भास्करन नैयर
पद्यजा राधाकृष्णनत
तेजस पर्वतकार
जागेश मुकाती
तपस पाल
वैद्यनाथ बसक
अनिल सुरी
बासु चटर्जी
अनवर सागर
कृष कपुर
रत्नाकर मत्कारी
शबुराज
माइकल मधु
बुलेट प्रकाश
ससी कलिंगा
एमके अर्जुनन
परवाइ मुनियम्मा
बेजन दारुवाला
बिसु
जयराम कुलकर्णी
संतु मुखोपाध्याय

प्रतिक्रिया दिनुहोस्