Logo

२३ वर्ष बितिसक्दा पनि बनेन स्वास्थ्य चौकीको भवन, वडा अध्यक्ष भन्छन् ‘भवन पर्यो भन्दाभन्दै परेन’



Spread the love
अस्पताल निर्माणका लागि निःशुल्क प्रदान गरिएको जग्गा

१७ असार, गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर तीनमा रहेको स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन नहुँदा त्यस क्षेत्रका बिरामीसँगै स्वास्थ्यकर्मीले चरम समस्या झेल्दै आएका छन् ।

वि.सं. २०५४ सालमा स्थापना भएको यस स्वास्थ्य चौकीले बर्थिङ सेन्टर तथा ल्याब सहितको सुविधा प्रदान गर्दै आएता पनि सेवा प्रवाह गर्न समस्या परेको छ ।

सामन्यता स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा सुविधा नागरिकको सहजताको लागि एउटै छानामुनिबाट प्रदान गर्नुपर्ने हो । तर हर्दिनेटा स्वास्थ्य चौकीले करिब ५०० सय मिटरको अन्तरमा रहेका चार वटा घरबाट सेवा प्रवाह गर्दै आएको छ । जसले गर्दा बिरामी मात्रै होइन स्वास्थ्यकर्मी समेत समस्यामा परेका छन् ।

लामो समयसम्म स्वास्थ्य चौकीको लागि जग्गा नभएको भन्दै स्वास्थ्य चौकी निर्माणको लागि आनकानी भएको हुँदा स्थानीय समाजसेवी तथा हाल यस वडाका वडा अध्यक्ष तेजकान्त अर्यालले चार वर्ष अघि निः शुल्क साढे तीन रोपनी जग्गा प्रदान गरेका थिए ।

निः शुल्क जग्गा प्रदान भएको चार वर्ष बितिसक्दा पनि स्वास्थ्य चौकीको भवन बन्न सकेको छैन भने कहिलेसम्म भवन बन्छ भन्ने टुंगो छैन ।

स्थानीय घनश्याम पन्तले सल्लेरी खबरसँग भने, “स्वास्थ्य चौकीका चार वटा भवन चार तिर हुँदा स्वास्थ्य सेवा लिन सारै समस्या परेको छ ।”

त्यस्तै स्वास्थ्य चौकीका प्रमुख मेघराज पौडेलले पनि गुनासो पोखेका छन् । उनले सल्लेरी खबरलाई भने, “स्वास्थ्य चौकीका चार वटा भवन चार तिर छन् । त्यसले गर्दा हामी सबैलाई समस्या परेको छ ।”

स्वास्थ्य चौकीका कोठा साना हुँदा उपचार गर्न निकै कठिनाइ भएको उनले गुनासो गरे । साथै उनले २४ घण्टा बर्थिङ सेन्टरमा हुनु पर्ने स्वास्थ्यकर्मी भवन अभावकै कारण धेरै टाढा भाडाको घरमा बस्न बाध्य रहेको उल्लेख गरे ।

गाउँपालिका अन्य वडामा स्वास्थ्य चौकी को भवन भएता पनि सबै भन्दा ठुलो वडामा भवन नहुदा सबैलाई समस्यामा पारेको छ ।

दैनिक ३० जना भन्दा बढिले यस स्वास्थ्य चौकीबाट सेवा लिने गरेको स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

यता वडा अध्यक्ष तेजकान्त पन्तले भने सधैभरी झुक्याएको भनेर गुनासो गरेका छन् । मंगलबार सल्लेरी खबरसँग कुराकानी गर्दै उनले भने “खाली भवन पर्यो पर्यो भनिन्छ तर भवन चाँही पर्दैन ” । उनले थपे “जग्गा अभावका कारण म वडा अध्यक्ष नहुँदै चार वर्ष अघि मैले निःशुल्क साढे तिन रोपनी जग्गा प्रदान गरेको थिएँ” ।

हर्दिनेटा स्वास्थ्य चौकी त केवल एउटा उदाहरण मात्रै हो । जिल्लाका अन्य स्थानमा रहेका स्वास्थ्य चौकीको अवस्था पनि निकै कमजोर छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सम्बन्धित निकाय उदासिन बन्नु दुखद् विषय हो । सम्बन्धित निकाएले समयमै ध्यान दिन आवश्यक छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्