Logo

सुनको मूल्य घट्यो



Spread the love

असार १८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्यमा ७ सय रुपैयाँ घटेर ९० हजार ५ सय ६५ मा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्