Logo

‘गाँजा खेति गरेर १३ हजार प्रतिकिलोमा बेच्ने की तरकारी खेति गरेर गरीब नै भइरहने ?’



Spread the love

१८ असार, काठमाडाैँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले गाँजा खेतिबाट नेपालीको आर्थिकस्तर उकास्न सकिने विचार प्रस्तुत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले गाँजाको बिक्रीबाट नेपालीहरूले मनग्य आम्दानी गर्नसक्ने धारणा प्रस्तुत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “गाँजा प्रति किलो रू १३ हजार पर्छ। नेपालका अन्य कुन अन्न वा फलफुल वा तरकारी होला यति मूल्यवान? १० रूपैया किलोमा पनि बेच्न पनि धौधौं पर्ने तरकारी लगाएरै गरिब भइरहने कि, अलिकति भए पनि गाँजा रोपेर प्रतिकिलो रू १३ हजारमा बेच्न पाउने खेती पनि गर्ने? १३०० गुणा बढी आम्दानी हुने खेतीतिर पनि लाग्ने कि गरीबीबाट कहिल्यै नतंग्रिने खेतीमा नै रूमल्लिने?”

उनको फेसबुक स्टाटसमा धेरैले सकारात्मक तथा नकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिन संसद्मा सांसद विरोध खतिवडाले प्रस्ताव समेत पेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्