Logo

भारतीय कोरियोग्राफर सरोज खानको निधन



Spread the love

एजेन्सी। ७२ वर्षको उमेरमा भारतीय कोरियोग्राफर सरोज खानको हृदयघातको कारण शुक्रबार निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालमा विहान १ बजेर ५२ मिनेटमा निधन भएको छ । श्वासप्रश्वासमा गाह्रो भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको इन्डिया टिभी न्युजले जनाइएको छ।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

प्रतिक्रिया दिनुहोस्