Logo

विकास दुबेलाई पक्राउ गर्न जाँदा डिएसपीसहित ८ प्रहरीको मृत्यु, थुप्रै प्रहरी घाइते



Spread the love

एजेन्सी। भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसहित आठ प्रहरीको मृत्यु भएको छ ।

प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको बताइएको छ ।

मुठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक प्रहरीको स्थिती भने गम्भीर रहेको छ ।

कानपुरको एक अपराधी तथा हिस्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्नका लागि प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्