Logo

गोरख पाण्डेयका दुई कविता



Spread the love

कला कलाको लागि

कला कलाको लागि हो
जीवन सुन्दर बनाउनका
लागि होइन
रोटी रोटीको लागि हो
खानका लागि होइन ।

मजदूर मेहनत गर्नका लागि हो
सिर्फ मेहनत
पूँजीपति हो मेहनतको जम्मा पूँजीको
मालिक बन्नको लागि
यानी, जो जस्तो छ त्यस्तै रहौँ
कोही पनि परिवर्तन नहुन्
मालिक हुन्
गुलाम हुन्
गुलाम बनाउनका लागि युद्ध होस्
युद्धका लागि फौज होस्
फौजका लागि फेरि युद्ध होस् ।

यद्यपि कला शुद्ध बनी रहोस्
र शुद्ध कलाको
पवित्र प्रभामंडलमा
बनिरहेका फटाहा
मानिसलाई
फांसीमा चढाउनका लागि ।

आशाको गीत

आउँनेछन् राम्रा दिन आउँनेछन्
दुखको यी दिन हराउनेछन्
सूर्य झुपडीमा चम्किनेछ
बच्चाहरु सबै दुधमा नुहाउनेछन् ।

फटाहाका पुर्जाहरु लुला हुनेछन्
मिलजुलको साथ प्यार सबै गाउँनेछन्
मेहनतको फूल उब्जाउनेहरु
दुनियाँका मालिक बन्नेछन् ।

दुखका रेखाहरु मेटिनेछन्
खुशीका ओठहरु मुस्कुराउनेछन्
सपनाका सप्तरंगी डोरीमा
मुक्तिको ध्वज फरफराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्