Logo

पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा गुल्मी पहिरोका घाइतेहरूलाई उपचारका लागि काठमाडाैँ ल्याइयो



Spread the love

१९ असार, गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएकाहरुको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टको पहलमा उद्दार गरिएको छ ।

पहिरोमा परी घाइते इस्मा गाउँपालिका -१ हस्तिचौरका ६ जनालाई पुर्वमन्त्री विष्टको पहलमा उद्दार गरी नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो ।

घाइतेमध्ये २७ वर्षीया इश्वरी खत्रीको उपचार शिक्षण अस्पताल महाराजगञ्ज तथा ६४ वर्षीया टीका खत्री, २५ वर्षिय वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीको उपचार सैनिक अस्पताल छाउनीमा हुने व्यवस्था मिलाइएको छ ।

पहिरोमा परी स्थानीय वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ।

पहिरोका कारण उक्त क्षेत्रमा बसोबास गर्ने करिव १६० घर परिवार प्रभावित भएका छन् । पूर्वमन्त्री विष्टले पहिरोमा परेर प्रभावित भएका परिवारलाई टेण्ट तथा खाद्यान्न समेत लिएर गएका थिए ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्