Logo

गाउँकपालिकाको आर्थिक अनियमितता र भ्रष्टाचारको विरुद्धमा नेपाली काँग्रेस इस्मा गाउँपालिका समिति आन्दोलनमा



Spread the love

२० असार, गुल्मी – इस्मा गाउँपालिकाले राहत वितरण,क्वारेन्टाइन व्यवस्थापन,विकास योजना सञ्चालन र अन्य क्षेत्रमा गरेको आर्थिक अनियमितता,भ्रष्टाचार र गलत क्रियाकलापको विरोधमा नेपाली काँग्रेस इस्मा गाउँपालिका समितिले आइतबारदेखि चरणबद्द आन्दोलन गर्ने भएको छ।

गाउँमा पैसा सक्ने नाममा असारमा आएर डोजर प्रयोग गरि सुरु गरिएको बाटो बनाउने कामले गाउँपालिकाका अधिकांश वडामा पहिरोले बस्तीहरु जोखिममा परेको भन्दै बर्षाको समयमा योजनाको रकम सक्नको लागि मात्र योजना अघि नबढाउन,क्वारेन्टाइन र राहत वितरणमा भएको यथार्थ खर्चको हिसाबकिताब सार्वजनिक गर्ने सहितका धेरै माग र सुझावहरु गाउँपालिकालाइ दिएपनी वेवास्था गरिएकोले २१ असार आइतबारदेखि बाध्य भएर आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिएको संयोजक चन्द्रबहादुर महतले जानकारी दिए ।

इस्मा गाउँपालिकाका जनप्रतिनिधिले कमिशनको आडमा भीषण बर्षाको समयमा पनि डोजर प्रयोग गरेर बाटो बिस्तार गरिरहेका कारण अहिले इस्मा गाउँपालिकाभित्रका अधिकांश बस्ती पहिरोको जोखिममा रहेको जानकारी नेपाल तरुण दलका क्षेत्रीय सभापति झबिन्द्र अर्यालले दिए ।

गाउँपालिकाका पदाधिकारीको संरक्षणमा आर्थिक अनियमितता र भ्रष्टाचार बढिरहेकोले यसतर्फ ध्यानाकर्षण गराउँदा पनि सिमित व्यक्तिको स्वार्थले आज यस गाउँपालिकाका धेरै बस्ती पहिरोको उच्च जोखिममा रहेको पटकपटक भन्दा पनि सुनुवाइ नभएकोमा अर्यालले आक्रोश पोख्दै यसका विरुद्धमा जानुपरेको बताए ।

नेपाली काँग्रेस इस्मा गाउपालिका कार्यदलका संयोजक नारायण रिजालले आर्थिक वर्षको अन्तिम महीनाको अन्तिम हप्तामा आएर कमिशन र उपभोक्ता समिति गठनको नाममा कार्यकर्ता पोस्न ल्याइएका यस्ता योजना दिगोपना र जनतामुखी हुनै नसक्ने भन्दै यस समयमा गाउँपालिकाका पदाधिकारीले उचित निर्णय लिन आग्रह गरे । गाउँपालिकाले जनताको मागलाई वेवास्था गरेमा त्यसले ठूलो दुर्घटना निम्तिने चेतावनी समेत संयोजक रिजालले दिएका छन्।

स्थानीय तहमा उपभोक्ता समिति गठनदेखि हिसाब फरकफरकसम्म जनप्रतिनिधिले अनुगमन गरि सहि बाटो देखाउनुपर्नेमा उनीहरुको प्रत्यक्ष सहयोग र संरक्षणमा झन आर्थिक अनियमितता र भ्रष्टाचारका घटनामा वृद्धि भइरहेको स्थानीयको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय र आयोगको प्रदेश न.५ कार्यालयमा गुल्मी जिल्लाबाट करिब एक सय भ्रष्टाचार र आर्थिक अनियमितताका सम्बन्धमा परेका उजुरी मध्य इस्मा गाउँपालिकाको सभा हल निर्माण सहित करिब एक दर्जन उजुरी छानबिनको क्रममा रहेका छ्न् ।

इस्मा गाउँपालिकाले गरेको ज्यादतीका विरुद्धको अभियानमा साथ दिन सम्पूर्ण वडाका नेता,कार्यकर्ता र सर्वसाधारणलाई समितिले अनुरोध गरेको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्