Logo

उपत्यकाको ढलमा भेटियो कोरोना भाइरस, विज्ञ भन्छन्, ‘समुदायस्तरमा फैलिएको पुष्टि’



Spread the love

काठमाडाैँ – काठमाडाैँ उपत्यकाका प्रमुख चार वटा ढलमध्ये २ वटामा कोरोना भाइरस भेटिएको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले २ वटा ढलमा कोरोना भाइरस रहेको तथ्य पत्ता लगाएको हो ।

अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए अनुसार काठमाडाै उपत्यकाका ढलबाट लिइएको नमुनामा कोरोना भाइरस देखिनुले काठमाडाैँ कोरोनाको उच्च जोखिममा रहेको प्रष्ट पारेको छ ।

नेपालमा कोरोनाको संक्रमण दिनदिनै बढ्दै गएपछि चार स्थानका ढलबाट नमुना संकलन गरी परीक्षण गरेको सीएमडीएनले बताएको छ ।

भाइरसको थोरै मात्र परीमाण भयो भने ढलबाट जाँच गर्दा भाइरस पत्ता नलाग्ने जनस्वास्थ्य वैज्ञानिक समिरमणि दीक्षितले बताएका छन् । उनको भनाइ अनुसार कोरोनाले काठमाडाैँमा व्यापक मानिसमा संक्रमण गरिसकेको छ ।

वैज्ञानिक दिक्षितका अनुसार उपत्यकाका ढलमा कोरोना भाइरस भेटिनुले उपत्यकामा कोरोना समुदायस्तरमा गयो की गएन भन्ने अन्याैलताको अन्त्य गरेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्