Logo

विदेशमा कोरोनाबाट थप १३ नेपालीको मृत्यु, २९ हजार संक्रमित



Spread the love

२१ असार, काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट गएको हप्ता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको कोरोनाबाट ज्यान गएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्