Logo

४५ जिल्लाको १२८ क्षेत्रमा आज मतदान



Spread the love

प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज मतदान हुँदैछ भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान कार्य हुँदैछ।

ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान मार्फत् विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया दिनुहोस्