Logo

अमेरिकी र्यापर कान्ये वेस्ट राष्ट्रपतिको लागि उठ्ने



Spread the love
कान्ये वेस्ट

एजेन्सी । अमेरिकाका र्यापर कान्ये वेस्ट राष्ट्रपति उम्मेदवारका लागि उठ्ने भएका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ । सोही चुनावमा भाग लिने कान्ये वेस्टले राष्ट्रपतिको लागि उठ्ने घोषणा गरेका हुन् । राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बिडेन पहिला नै उम्मेदवार भइसकेका छन् ।

कान्ये वेस्टले राष्ट्रपतिका लागि उठ्ने कुरा ट्वीट गर्दै घोषणा गरेका हुन् ।

तर, कान्ये वेस्टले साँच्चिकै भनेका हुन् कि मजाक गरेका हुन् यसबारेमा भने केही जानकारी पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्