Logo

कंगना रनावतको निसानमा तापशी पन्नु



Spread the love

एजेन्सी । बलिउडकी अभिनेत्री कंगना रनावत अनेक विवादमा मुछिरहेकी हुन्छिन् । बलिउडको नेपोटिजमको मुद्यामा बोलिरहने कंगना सुशान्तसिंह राजपूतको आत्महत्यापछि जोड जोडले आवाज उठाइरहेकी छिन् । यसै क्रममा उनको निसानमा तापशी पन्नु परेकी छिन् ।

कंगनाले तापशीलाई मुभी माफियाको समर्थनमा छिन् र उनले नेपोटिजमको बहसलाई निकाल्न चाहेको आरोप लगाएकी छिन् ।

कंगनाको टिमको ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै भनिएको छ, ‘बाहिरबाट आएका चापसुली गर्नेहरुले कंगनाको बहसलाई हटाउन चाहन्छन् । उनीहरु मुभी माफियाको नजिक जान चाहन्छन् । कंगनामाथि आक्रमण गर्नका लागि उनीहरुलाई अवार्ड पनि मिलिरहेको छ । तिमीलाई लाज हुनु पर्ने हो तापश्वी पन्नु, तिमी कंगनाको मेहनतको फल खाइरहेकी छौ र उसैको विरुद्धको समूहमा सहभागी भएकी छौ ।’

के भन्छिन् तापशी ?

तापशी पन्नुले ट्वीट गर्दै लेखेकी छिन्,‘केही वस्तुहरुले मेरो जिन्दगीको पछाडि लाग्न छाडेका छैनन्, विशेष गरी बितेको केही महिनादेखि । यिनीहरुले मेरो जिन्दगीलाई बुझ्नको लागि सही तरिकाले सिकाइरहेका छन् । यिनीहरुकै कारण मलाइ निकै शान्ति अनि नयाँ दृष्टि मिलेको छ जसले गर्दा यी कुराहरु सेयर गर्न पाएकी छु ।’

प्रतिक्रिया दिनुहोस्