Logo

कुन नेता कहाँबाट मतदान गर्दै छन् ?



Spread the love

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत बिहीबार हुन गइरहेको दोस्रो चरण निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

फोटो स्रोथ – नयाँ पत्रीका

कुन नेता कहाँ मतदान गर्दै छन् ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउपालिका- १, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्।

प्रधानमन्त्री पत्नी तथा कैलाली-५ की उम्मेदवार डा. आरजु राणासहित देउवाले त्यहाँबाट मतदान गर्न लागेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्दै छन्।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भरतपुर-४ स्थित लक्ष्मी मावि लंकु मतदान केन्द्रमा आफैँलाई मतदान गर्नेछन्।

एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका- ९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्।

एमाले नेता माधव नेपालले गौर नगरपालिका- २ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दैछन्।

एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका- ८ को त्रिभुवन माविमा मतदान गर्दैछन्।

अर्का उपाध्यक्ष युवराज ज्ञावालीले दाङको तुलसीपुर- १७ स्थित दीपेन्द्र मावि मानपुरबाट मतदान गर्नेछन्।

एमालेकै उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर- ६ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा मतदान गर्नेछन्।

महासचिव इश्वर पोखरेलले पनि काठमाडौं ५ स्थित टोखा- ६, स्काईलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्नेछन्।

उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल- ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्नेछन्।

सचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका- ४, बम्घा निमावि भवन चौतारामा मतदान गर्नेछन्।

पूर्व सभामुख सुभासचन्द्र नेम्वाङले इलाम- ७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले तनँहुको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रवाट मतदान गर्नेछन्।

महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं-३, महाराजगन्ज चोकस्थित भ्याली स्कुल केन्द्रबाट मतदान गर्नेछन्।

प्रकाशमान सिंहले काठमाडौं-१६, पकनाजोलस्थित नेपाल युवक माविमा, विमलेन्द्र निधिले धनुषाको नगराइन-२ को राजेश्वर निधि उमाविमा, कुलबहादुर गुरुङले इलाम नगरपालिकाको बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा, सुजाता कोइराला र शेखर कोइरालाले विराटनगर-७ को आर्दश विद्यालयमा, बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा-८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन्। गगनकुमार थापाले काठमाडौं-३०, मैतीदेवी मन्दिरमा मतदान गर्नेछन्।

माओवादी नेता रामबहादुर थापाले भरतपुर-१० नारायणी नमुना माविमा मतदान गर्नेछन्।

टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क-९, अर्घा रजस्थल मावि रासीचौरमा, गिरिराजमणि पोखरेलले बर्दिबास नगरपालिका-३ गौरीडाँडामा, हरिबोल गजुरेलले कमलामाई-४, सिन्धुलीमा मतदान गर्नेछन्। पम्फा भुसालले ललितपुर-२ राजतीर्थमा, मातृका यादवले धनुषाको सबैला-२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मत हाल्नेछन्।

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा हेटौंडा ५, पिप्लेस्थित बालज्योति माविमा, संघीय समाजवादी अध्यक्ष उपेन्द्र्र यादवले मोरङ विराटनगर-१४ स्थित डिग्री क्याम्पसमा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरमा रहेको विद्यार्थी निकेतन माविमा मतदान गर्नेछन्। राजपाका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका -१ मा मतदान गर्नेछन्। उनले आफैँलाई मतदान गर्न पाउने छैनन्। उनी महोत्तरी- ३ मा उम्मेदवार छन्।

त्यस्तै, राजेन्द्र महतोले पनि आफैंलाई भोट हाल्न पाउने छैनन्। उनले सर्लाही चन्द्रनगर- २, दुर्गा खोभारी जनता उमावि केन्द्र्रमा मतदान गर्दै छन्। उनी आफू भने धनुषा ३ मा उम्मेदवार छन्। त्यस्तै, अनिल झाले रौतहटको दुर्गाभगवती गाउँपालिका सस्कृत उमावि मतदान केन्द्र, महेन्द्रराय यादवले सर्लाहीको हरिपूर्वा नगरपालिका-९ स्थित रामजानकी मन्दिर मतदान केन्द्र र र शरतसिंह भण्डारीले महोत्तरीको औरही मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्