Logo

९ जना स्वास्थ्यकर्मीले जिते कोरोना



Spread the love

२१ असार, सुर्खेत – प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेशनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनःपिसिआर परीक्षणका क्रममा नतिजा ‘नेगेटिभ’ आएको हो ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले नतिजा ‘नेगेटिभ’ आएपछि उनिहरुलाई आज डिस्चार्ज गरिएको बताए । उनका अनुसार सङ्क्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीमा कुनै लक्षण देखिएको थिएन । कोरोनामुक्त चिकित्सकले एक सातापछि काममा खटिने बताएका छन् ।

कर्णालीमा यसअघि एक हजार २०१ जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् । कोरोना निको भएसँगै अब आइसोलेशनमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने २७३ रहेको छ । सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्