Logo

चीनमा प्लेग भेटियाे, अर्काे खतरा हुन सक्ने सम्भावना



Spread the love

एजेन्सी । चीनको भित्री मंगोलियामा प्लेग देखिएसँगै सरकारले सतर्कता अपनाएको छ ।

चीनको बायान्नुर शहरमा प्लेग भेटिएको हो । संक्रमित गोठाले हुन् । अहिले उनी क्वारेन्टाइनमा रहेका छन् ।

उनका प्लेग कसरी संक्रमित भयो, यस बारेमा स्पष्ट भएको छैन ।

गत वर्षको मे महिनामा चीनको छिमेकी देश मंगोलियामा दुई जनाले ज्यान गुमाएका थिए । उनीहरुले मार्मट नामको जनावरको सिकार गरेका थिए ।

बुबाेनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने गर्दछ । ब्यूबानिक प्लेग खतरानक हुन सक्ने तर एन्टीबायोटिक औषधिबाट यसको उपचार सम्भव रहेको वैज्ञानिकहरु बताउँछन् ।

सन् २०१७ मा प्लेगबाट ३०० जना संक्रमित भएका थिए । चौधौँ शताब्दिमा प्लेगबाट विश्वभरका ५ करोड मानिसको मृत्यु भएको थियो । उन्नाइसौँ शताब्दिमा भारत र चीनमा फैलिएको प्लेगले १ करोड २० लाखभन्दा धेरैको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्