Logo

पाकिस्तानमा आधाभन्दा धेरै संक्रमित निकाे



Spread the love

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुमध्ये आधाभन्दा धेरै संक्रमित निकाे भएका छन् ।

पाकिस्तानमा कोरोना भाइरसबाट २ लाख ३१ हजार ८१८ संक्रमितमध्ये १ लाख ३१ हजार ६४९ जना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोना भाइरसबाट ३,३४४ जना संक्रमित भएका छन् भने ५० जनाको ज्यान गएको छ ।

हालसम्म पाकिस्तानमा भाइरसबाट मर्नेहरुको संख्या ४,७६२ रहेको छ ।

पाकिस्तानको पन्जाब र सिन्ध प्रान्त भाइरसबाट अत्याधिक प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्