Logo

काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित



Spread the love

२२ असार, काठमाडौँ। पछिल्लो २४ घन्टामा १८० जना कोरोना संक्रमित थपिएका छन्। थपिएका मध्य काठमाडौँ उपत्यकाका ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १५९६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको छ भने ३५ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्