Logo

कोरोना भाइरसको स्वरूपमा परिवर्तन, संक्रमित बढे पनि धेरै मानिस बिरामी नहुने



Spread the love

२२ असार, एजेन्सी – अमेरीकामा गरिएको एक अनुसन्धानले अहिलेको कोरोना भाइरसले धेरै मानिस बिरामी नपार्ने तथ्य सार्वजनिक भएको छ ।

अहिले कोरोना भाइरसको संक्रमण धेरै मानिसमा देखिएता पनि बिरामी धेरै नपर्ने तथ्य बाहिरिएको हो ।

वैज्ञानिक म्यागजिन ‘सेल’ले प्रकाशन गरेको समाचारमा यो भाइरसको रूप पछिल्लो समय परिवर्तित हुँदा संक्रमणको दर बढे पनि बिरामीको दर भने घटेको हो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण व्यापक हुँदा स्वास्थ्यकर्मी चिन्तित भइरहेका छन् ।

अनुसन्धानमा संलग्न जैविक वैज्ञानिक बेट्टे कोर्बरले अहिलेको भाइरस बढी संक्रामक स्वरूपको पाइएको भनि जर्नलमा लेखेका छन् ।

पछिल्लो समयमा पाइएको यस भाइरसको परिवर्तित स्वरूपमा अहिले विकास भइरहेका खोपले काम गर्छन् की गर्दैनन् भन्ने अबको केन्दीय वस्तु भएको छ ।

कोरोना भाइरस विरूद्ध खोप विकासका लागि अनुसन्धानकर्ताले पहिलेको नमुना लिएका थिए भने अहिलेसम्म भाइरसको स्वरूपमा धेरै परिवर्तन देखिएको निष्कर्ष अध्ययनकर्ताहरूले प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्