Logo

मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन : दीपकराज गिरी



Spread the love

२२ असार, काठमाडाैँ – हास्य कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीने महानायकको विषयमा मुख खोलेका छन् । उनले महानायकको विषयमा बोल्दै कहिलै पनि आफ्नो लक्ष्य महानायक हुनेतर्फ नरहेको बताएका छन् ।

आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट स्टाटस पोष्ट गर्दै उनले कलाकार भएदेखि नै हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ तथा सन्तोष पन्त जस्तो हुने बन्ने इच्छा रहेको तर महानायक बन्ने नरहेको बताएका छन् ।

उनले आफ्नो गल्ति बिना नै महानायक सम्बन्धि विवादमा तानेकोमा सांकेतिक रूपले दःख समेत व्यक्त गरेका छन् ।

केही दिन अघि अभिनेत्री दीपाश्री निराैलाले नेपालको महानायक राजेश हमाल नभएको अभिव्यक्ति दिएपछि यो विषयले चर्चा पाएको थियो ।

तर, केही समयपछि नै दीपाले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्